वासिङ्टन डीसी : कोलम्बिया विश्वविद्यालयले बुधबार ट्रम्प प्रशासनसँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत विश्वविद्यालय प्रशासनले सङ्घीय सरकारलाई २२ करोड डलरभन्दा बढी भुक्तानी गर्नेछ ।
यसबापत सङ्घीय सरकारले विश्वविद्यालयको सङ्घीय अनुसन्धान कोष पुनर्स्थापित गर्नेछ । ट्रम्प प्रशासनले गत वर्ष विश्वविद्यालय क्याम्पसमा भएको ठुलो मात्रामा यहुदी विरोधी प्रदर्शनबाट आक्रोशित हुँदै सङ्घीय कोष रोक्ने घोषणा गरेको थियो ।
सम्झौता अन्तर्गत कोलम्बिया विश्वविद्यालयले तीन वर्षभित्र ट्रम्प प्रशासनलाई २० करोड डलर तिर्नु पर्नेछ । विश्वविद्यालय क्याम्पस भित्रका यहुदी कर्मचारीहरूको नागरिक अधिकारको उल्लङ्घन गरेको मामिलालाई राफसाफ गर्न २ करोड डलरभन्दा बढी रकम दिइने ह्वाइट हाउसले बताएको छ ।
२०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि इजरायल र हमासबिच युद्ध सुरु भयो । यस युद्धमा परेर हजारौँ मानिसहरू मारिए ।
गाजामा इजरायलको आक्रमणको विरुद्धमा अमेरिकाका धेरै विश्वविद्यालयहरूमा इजरायल विरोधी र यहुदी विरोधी प्रदर्शनहरू भए । यस मामिलामा ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयले सरकारबाट पाइरहेको अर्बाैं डलर अनुदान रोकिदियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij