भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको बलिउड फिल्म ‘सैयारा’को आक्रामक बुकिङले यतिबेला बलिउड पण्डितहरूको दिमाग हल्लाइदिएको छ । यो फिल्मको टिकट बूकिङ १ लाख कटेको छ । रिलिजको पूर्व सन्ध्यासम्म बूकिङ डेढ लाख माथि पुग्ने अनुमान गरिएको छ । फिल्मले शुक्रबार २० करोडसम्मको ओपनिङ गर्ने अनुमान लगाउन थालिएको छ ।
सुरुवातमा फिल्मको ओपनिङ ३–४ करोडको हुने अनुमान थियो । तर, दर्शकहरुको फिल्मप्रतिको मोह यसरी बढेको छ कि, यसको व्यापार कति हुन्छ अहिले नै आँकलन गर्न सक्ने अवस्था छैन । मोहित सुरीको निर्देशनमा तयार भएको यो फिल्ममा नयाँ अनुहार छन् । यो फिल्ममा नायक–नायिका नै नयाँ छन् । आहान पाण्डे र अनित पड्डा यो फिल्मका मुख्य नायक–नायिका हुन् । यी दुवै फिल्मका लागि नयाँ अनुहार हुन् । तर, नयाँ अनुहारप्रति दर्शकको यो क्रेजले बलिउडकर्मीलाई नै अचम्ममा पारिदिएको छ ।
यो फिल्मका लागि कलाकारहरूले न त कुनै मिडियामा अन्तरवार्ता दिए, न त सिटी टुर नै गरे । तर, फिल्मको गीत र ट्रेलरले यसरी हंगामा मच्चायो कि, दर्शक फिल्मप्रति क्रेजी बनेका छन् ।
यो फिल्म नेपालमा भित्राइएको छैन । तर, भारतमा यो फिल्मले बक्स अफिसमा तहल्का मच्चाउने निश्चित छ । फिल्मप्रति देखिएको यो क्रेजले, भारतीय मेकरले मात्र नभएर नेपाली मेकरले पनि प्रचार शैलीको बारेमा सोच्नुपर्ने देखिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij