Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि

मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले दियो मानार्थ विद्यावारिधि

काठमाडौँ : अभिनेत्री मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । कोइरालाले सामाजिक संजालमा सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै यस विषयमा जानकारी दिएकी हुन् ।

‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्दिन’, उनले अगाडि भनेकी छन् ‘मेरो जीवनको कथालाई महत्त्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’

केही अगाडि क्यान्सर जितेकी मनिषाले बलिउड र नेपाली फिल्म अभिनय गरेकी छन् । उनी पछिल्लो समय संजयलीला भन्सालीको नेट्फिल्क्स सिरिज ‘हीरामण्डी ः द डायमण्ड बजार’मा देखिएकी थिइन् । यो सिरिजमा उनले मलिकाजानको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट