Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारतीय दिग्गज अभिनेता निर्माता धीरज कुमारको निधन

भारतीय दिग्गज अभिनेता निर्माता धीरज कुमारको निधन

नयाँ दिल्ली : कयौँ सुपरहिट भारतीय धारावाहिकका निर्माता तथा निर्देशक ८० वर्षीय अभिनेता धीरज कुमारभएको छ । मंगलबार मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उनको मृत्यु भएको हो ।

धीरज कुमारलाई शनिबार निमोनियाका कारण अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

‘मल्टीपल अर्गन फेलियर’का कारण बिहान ११ः३० बजे धीरज कुमारको मृत्यु भएको उनी निकट को नजिकको स्रोतले बताएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । धीरज कुमारले १९६० को दशकमा एक प्रसिद्ध पत्रिकाद्वारा आयोजित ट्यालेन्ट हन्ट प्रतियोगितामा भाग लिएपछि अभिनयको दुनियाँमा प्रवेश गरेका थिए । यो प्रतियोगतामा जितेर स्वर्गिय बलिउड अभिनेता राजेश खन्नाले अभिनयको दुनियामा पाइला टेकेका थिए ।

धीरज कुमारले ‘उधर का सिन्दूर’, ‘सरगम’, ‘रोटी कपडा और मकान’, ‘स्वामी’, ‘रातों का राजा’, ‘हीरा पन्ना’, ‘क्रांति’, ‘माङ भरो सजना’, ‘पुराना मन्दिर’, ‘कर्म युद्ध’, ‘बहुरूपिया’ जस्ता धेरै फिल्ममा काम गरेका थिए ।

हिन्दी फिल्ममा काम गर्नुअघि धीरज कुमारले २० भन्दा बढी पञ्जाबी फिल्ममा पनि काम गरेका थिए । १९८६ मा धीरज कुमारले आफ्नै निर्माण कम्पनी ‘क्रिएटिभ आई’ खोले । यो कम्पनीले चलचित्रबाहेक कयौँ लोकप्रिय पौराणिक धारावाहिकहरू पनि बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट