Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सुटिङको क्रममा स्टन्टम्यानको मृत्युको प्रकरणमा मुद्दा दर्ता

सुटिङको क्रममा स्टन्टम्यानको मृत्युको प्रकरणमा मुद्दा दर्ता

नयाँ दिल्ली : हालै मात्रै तमिल अभिनेता आर्य अभिनीत फिल्मको सुटिङको क्रममा प्रख्यात स्टन्टम्यान एसएम राजुको मृत्यु भयो । यस घटनामा प्रहरीले एक्सन लिएको छ । फिल्ममा कार पल्टिएको दृश्य छायाङ्कनको क्रममा राजुको मृत्यु भएको थियो । मिडिया रिपोर्टहरूका अनुसार अब यस घटनामा फिल्म निर्देशक पा. रञ्जित र अन्य तीन जनाविरुद्ध गम्भीर धाराहरूलाई टेकेर मुद्दा दर्ता गरिएको छ ।

प्रारम्भिक अनुसन्धान पछि, पा. रञ्जित, स्टन्ट कोरियोग्राफर राजकमल, नीलम प्रोडक्सन र अर्का व्यक्ति प्रभाकरणविरुद्ध भारतीय न्याय संहिताको धारा १९४ अन्तर्गत मुद्दा दायर गरिएको भनिएको छ । मुद्दाको गम्भीरतालाई हेरेर प्रहरीले अब यसलाई अझ कडा बनाएको पनि बताइएको छ । अभियुक्त विरुद्ध अब धारा २८९ (लापरवाहीपूर्ण कारबाही), धारा १२५ (अपराध गर्न उक्साएको) र धारा १०६ (अन्जानमा गरिएको हत्या) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

के हो घटना ?

यो घटना तमिलनाडुको नागापट्टिनम जिल्लाको किलैयुर क्षेत्रमा भएको हो । यहाँ ‘नीलम प्रोडक्सन’ले बनाइरहेको एक फिल्मको छायांकन चलिरहेको थियो । स्टन्ट दृश्यको खिच्ने क्रममा राजु कार पल्टिएको दृश्य गर्दै थिए । तर यो खतरनाक स्टन्ट गर्दा उनी गम्भीर रूपमा घाइते भए । उनलाई तुरुन्तै नागापट्टिनम सरकारी मेडिकल कलेज अस्पताल लगियो । तर डाक्टरहरूले उनलाई मृत घोषित गरे ।

एसएम राजु फिल्म उद्योगका एक साहसी स्टन्ट कलाकार थिए । उनले धेरै ठुला फिल्महरूको लागि स्टन्ट गरेका थिए । उनको असामयिक निधनले सिनेमा जगतमा शोकको लहर छाएको छ । अभिनेता र निर्देशकहरूले सामाजिक सञ्जाल मार्फत आफ्नो समवेदना व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट