Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

युक्रेनतर्फ परिष्कृत हतियार पठाउँदैछन् ट्रम्प

युक्रेनतर्फ परिष्कृत हतियार पठाउँदैछन् ट्रम्प

वासिङटन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका विषयमा महत्त्वपूर्ण अभिव्यक्ति दिएका छन् । ट्रम्पको यस अभिव्यक्तिले उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिढिँदै गएको संकेत गरिरहेको छ ।

आइतबार राति ट्रम्पले युक्रेनतर्फ परिष्कृत सैन्य हतियार पठाउने बताएका छन् । यसमा प्याटियोअट एयर डिफेन्स मिसाइल पनि छ । युक्रेनमा युद्धविराम गर्नेतर्फ रुसले बवास्ता देखाइरहँदा ट्रम्प रिसाएका छन् । ‘पुटिनले कुरा त निकै राम्रो गर्छन् तर साँझमा उनले जताततै बम फ्याक्छन्,’ ट्रम्पले भनेका थिए ।

बिहीबार एउटा अन्तरवार्तामा ट्रम्पले आइतबार महत्त्वपूर्ण घोषणा हुन्छ भनेर भनेका थिए । सोमबार ट्रम्पले ह्वाइट हाउसमा नेटोका प्रमुख मार्क रुट र युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगलाई भेट्दै छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट