Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारी वर्षाका कारण टेक्सासमा उद्धार र राहत कार्य ठप्प

भारी वर्षाका कारण टेक्सासमा उद्धार र राहत कार्य ठप्प

वासिङ्टन डीसी : टेक्सासमा भारी वर्षाले विनाश निम्त्याएको छ । निरन्तर वर्षाका कारण उद्धार र राहत कार्य रोकिएको छ । यसबाहेक धेरै घरहरूमा क्षति पुगेको र मानिसहरूलाई घरहरू खाली गर्न आदेश दिइएको खबर आएको छ ।

अमेरिकाको मध्य टेक्सासमा रहेको ग्वाडालुप नदीमा अचानक आएको बाढीले ठुलो विनाश निम्त्याएको छ । बाढीका कारण अहिलेसम्म १३२ जनाको मृत्यु भइसकेको छ ।

केर काउन्टीमा मात्र १६० भन्दा बढी मानिसहरू अझै बेपत्ता हुन सक्ने र वरपरका क्षेत्रहरूमा १० जना बेपत्ता भएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

आइतबार मध्यरातपछि अधिकारीहरूले केही घरहरूमा गएर मानिसहरूलाई बाढी फेरि आउन सक्ने चेतावनी दिएका थिए । सो क्षेत्रका क्षेत्रका मानिसहरूलाई अधिकारीहरूले फोनमा अलर्ट पनि पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट