एजेन्सी : बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो ।विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन । विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने बताएको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार किङ एयर बी-२०० विमान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियो। विमान नेदरल्याण्ड्सका लागि उडिरहेको अनुमान गरिएको छ।घटनापछि आपतकालीन टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। हाल राहत कार्य जारी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij