अहमदाबाद : गत जुन १२ मा भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटना हुँदा विमानमा सवार २४१ जनासहित कुल २६० जनाको मृत्यु भएको थियो। प्रारम्भिक प्रतिवेदनले विमानका दुवै इन्जिन लगभग एकैसाथ 'रन' अवस्थाबाट 'कट-अफ' (बन्द) अवस्थामा पुगेको सङ्केत गरेको छ।
इन्जिन 'कट-अफ' को अर्थ र यसको प्रभाव विमानको इन्जिन ‘कट-अफ’ हुनुको अर्थ इन्जिनमा इन्धनको आपूर्ति लगभग तत्कालै बन्द गर्नु हो। सामान्यतया यो प्रक्रिया विमान गन्तव्यमा पुगेपछि इन्जिनहरू बन्द गर्दा प्रयोग गरिन्छ। आपत्कालीन अवस्थामा पनि यस्तो हुन सक्छ, तर प्रारम्भिक प्रतिवेदनले विमानमा कुनै त्यस्तो आपत्कालीन घटना भएको सङ्केत गरेको छैन।
प्रतिवेदनको एक खण्डमा उल्लेख भएअनुसार, ‘कट-अफ’ मा गएपछि पनि इन्जिन १ को कोर डिएक्सेलेरेशन रोकियो, उल्टियो र रिकभरीको लागि अघि बढ्न थाल्यो। यस्तै, इन्जिन २ भने पुनः चल्न सफल भए पनि ‘कोर स्पिड डिएक्सेलेरेशन रोक्न सकेन’। इन्जिन कट-अफ भएपछि विमानले आफ्नो थ्रस्ट गुमाउन थाल्यो र तल झर्दै अहमदाबादको घना आवादी भएको आवासीय क्षेत्रमा खस्यो।
दुर्घटनाको कारणबारे यसअघि विज्ञहरूले विमानमा चरा ठोक्किएको (बर्ड स्ट्राइक) हुन सक्ने अनुमान गरेका थिए। तर, विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजले उडान मार्गमा कुनै ‘चराको उल्लेखनीय गतिविधि’ नदेखिएको प्रतिवेदनमा उल्लेख छ। यसले गर्दा चरा ठोक्किएर दुर्घटना भएको सम्भावना नरहेको प्रतिवेदनले सुझाएको छ।
प्रारम्भिक प्रतिवेदनका अनुसार एयर इन्डियाको फ्लाइट १७१ अहमदाबादको आवासीय क्षेत्रमा खस्दा कम्तीमा पाँच वटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रतिवेदनमा भनिएको छ, ‘जमिनमा रहेका भवनहरूसँगको टक्कर र त्यसपछि लागेको आगोका कारण विमान पूर्ण रूपमा नष्ट भएको थियो।’
विमान अहमदाबाद एयरपोर्ट बाहिर रहेको बाइरामजी जीजीभोय मेडिकल कलेज र सिभिल अस्पतालको डाक्टरहरूको लागि प्रयोग हुने छात्रावासमा खसेपछि जमिनमा रहेका झन्डै ३० जनाको पनि मृत्यु भएको थियो।
दुर्घटनाका प्रमुख तथ्यहरू:
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij