Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

यमनमा मृत्युदण्डको सजाय भोगिरहेकी नर्स निमिषालाई साता दिन भित्रै फाँसी !

यमनमा मृत्युदण्डको सजाय भोगिरहेकी नर्स निमिषालाई साता दिन भित्रै फाँसी !

बीबीसी : युद्धग्रस्त देश यमनमा मृत्युदण्डको सजाय भोगिरहेकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा फाँसी दिइने भएको छ । उनलाई बचाउन अभियान चलाइरहेका व्यक्तिहरूले यो जानकारी दिएका हुन् ।

निमिषा माथि स्थानीय पुरुष र उनका पूर्व व्यापारिक साझेदार तलाल अब्दो महदीको हत्याको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको थियो।सन् २०१७ मा महदीको शव पानीको ट्याङ्कीबाट बरामद भएको थियो।

फाँसी दिनका लागि तोकिएको दिन आउन एक साता भन्दा कम समय रहँदा सो मुद्धाले भारतमा हलचल मच्चाएको छ । यमनका अधिकारीहरुले उनलाई बचाउने एक मात्र उपाय भनेको महदीको परिवारले उनलाई माफी दिनु हो भनेका छन् ।

त्यसो त निमिषाको परिवार र समर्थकहरूले महदीकोको परिवारलाई १० लाख डलर ब्लड मनी प्रस्ताव गरेका छन्। यदि परिवारले निमिषालाई माफी दियो भने सो रकम ब्लड मनिको रुपमा दिन आफूहरु राजि भएको परिवार तथा समर्थकहरुले बताएका छन् ।

सेभ निमिषा प्रिया काउन्सिलका एक सदस्यले बीबीसीलाई भने, ‘हामी अझै पनि उनीहरूको माफी वा अन्य कुनै मागको पर्खाइमा छौं। परिषद् सदस्य तथा सामाजिक कार्यकर्ता बाबु जोनले भने, ूअभियोजन निर्देशनालयका प्रमुखले कारागार प्रशासनलाई मृत्युदण्डको मिति जानकारी गराएका छन्। हामी अझै पनि उनलाई बचाउन प्रयास गरिरहेका छौं, तर अन्ततः परिवारले उनलाई माफी दिन सहमत हुनुपर्नेछ।’

भारतको विदेश मन्त्रालयका एक अधिकारीले बीबीसीलाई बताएका छन् कि उनीहरूले अझै पनि मुद्दाको विवरण पुष्टि गरिरहेका छन्।निमिषा प्रिया २००८ मा नर्सको रूपमा काम गर्न भारतको केरला राज्यबाट यमन गएकी थिइन्।

महदीको शव भेटिएपछि उनलाई २०१७ मा पक्राउ गरिएको थियो। ३४ वर्षीया निमिषा हाल यमनको राजधानी सानाको केन्द्रीय जेलमा छिन्।उनमाथि महदीलाई ‘अति मात्रामा शामक औषधि’ दिएर र त्यसपछि शरीर टुक्राटुक्रा पारेर हत्या गरेको आरोप लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट