Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

महेश बाबुलाई लिगल नोटिस

महेश बाबुलाई लिगल नोटिस

मुम्बई(एजेन्सी) : साउथ सुपरस्टार महेश बाबुलाई हालै एक रियल स्टेट घोटालासँग जोडिएको मामलामा लिगल नोटिस पठाइएको छ । रियल स्टेट कम्पनीले महेश बाबुमार्फत फ्ल्याटको प्रमोसन गरेको आरोप लागेको छ ।

महेश बाबुले नै कम्पनीको विज्ञापनमा अभिनय गरे पछि धेरैले उक्त कम्पनीको सम्पत्ति खरिद गरे पनि पछि त्यो कम्पनीको कुनै प्रोजेक्ट नरहेको खुलासा भएको थियो । महेशलाई यो मामलामा तेस्रो प्रतिवादीको रुपमा राखिएको छ ।

महेश बाबुलाई हैदराबादका डाक्टरको उजुरी पछि तेलंगानाको रंगा रेड्डी डिस्ट्रिक कन्ज्यूमर कमिशनले लिगल नोटिस पठाएको हो । ती डाक्टरले आफूले साई सूर्या डेभलपर्ससँग ३४ लाख ८० हजार रुपैंयाँमा सम्पत्ति खरिद गरेको बताएका छन् । यो प्रोपर्टीको ब्राण्ड एम्बासडर महेश बाबु हुन् ।

महिलाले आफ्नो पैसा फिर्ता मागे पनि कम्पनीले आर्थिक संकटको बहाना बनाएर केवल १५ लाख रुपैंयाँमात्र फिर्ता गरिदिएको थियो । बिल्डर्सले बाँकी पैसा पनि फिर्ता दिने भने पनि फिर्ता नभएपछि उनले अदालतमा उजुरी दिएका थिए ।

गत अप्रिलमा महेश बाबुलाई यही साई सूर्या डेभलपर्स र सराना ग्रुपसँग जोडिएको मनी लन्ड्रिङ मामलामा सोधपुछ गरिएको थियो । अनुसन्धानका क्रममा कम्पनीसँग जोडिँदा महेश बाबुले ५ करोड बढी पारिश्रमिक बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट