Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

देवचुलीका न्यौपानेको माल्टामा समुन्द्रमा डुबेर मृत्यु

देवचुलीका न्यौपानेको माल्टामा समुन्द्रमा डुबेर मृत्यु

नवलपुर : रोजगारीको सिलसिलामा माल्टामा बस्दै आएका नवलपुरको देवचुली नगरपालिका–१३, दलदलेका युवा रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर ज्यान गएको छ ।विगत २० महिनादेखि माल्टाको ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका उनी २०७९ सालदेखि रोजगारीका लागि त्यहाँ पुगेका थिए। २०२५ जुलाई ८ तारिख, बिहान १ बजे माल्टाको Sleima Beach Side मा पौडी खेल्ने क्रममा उनी समुद्रमा डुबेका थिए।१९९९ नोभेम्बर २१ मा जन्मिएका न्यौपानेको निधनको खबरले माल्टा निवासी नेपाली समुदायसहित नेपालस्थित परिवार, आफन्त र शुभेच्छुकहरूलाई गहिरो पीडा दिएको छ।

शव नेपाल ल्याउनका लागि हाल Go Get Fund अभियानमार्फत आर्थिक सहयोग संकलन सुरु गरिएको छ।स्व। रोबर्ट न्यौपानेको पार्थिव शरीर सकेसम्म चाँडो नेपाल ल्याएर अन्त्येष्टि गर्न उनका आफन्तजनले सबै नेपालीहरूमा सहयोगको अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट