Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रुसमा बर्खास्तमा परेका यातायात मन्त्री मृत अवस्थामा भेटिए

रुसमा बर्खास्तमा परेका यातायात मन्त्री मृत अवस्थामा भेटिए

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार यातायात मन्त्री रोमन स्टारोभिटलाई मन्त्री पदबाट बर्खास्त गर्नुभयो । त्यसको केही घन्टापछि स्टारोभिट राजधानी मस्कोको एक पार्कमा मृत भेटिनुभयो ।

स्टारोभिटको टाउकोमा गोली लागेको अवस्थामा शव भेटिएको थियो । सोमबारको यस घटनालाई नाटकीय घटनाका रुपमा विश्लेषण भइरहेको छ । मृत अवस्थामा भेटिएका यातायात मन्त्री स्टारोभिटको शवको छेउमा रहेको पेस्तोल समेत रहेको बताइएको छ ।

अनुसन्धानकर्ताहरूले पूर्व मन्त्रीले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् । घटनाको भोलिपल्ट रुसकै एक ट्याब्इड पत्रिका मोस्कोभस्कीले घटनाले स्तब्ध बनाएको र रुसी इतिहासमा आत्महत्या अनौठो घटना भएको जनाएको छ ।मन्त्रीले पदबाट हटाइएको केही घन्टामा आत्महत्या गरिनु रहस्यमय घटनाका रुपमा विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट