काठमाडौं : नेपाल र केल्मिकियाका युवाबीच सांस्कृतिक सम्बन्ध थप मजबुद बनाउने समझदारी भएको छ । पहिलोपटक भएको अनलाइन छलफलले दूरीका हिसाबले टाढा भए पनि सांस्कृतिक सम्बन्धलाई थप मजबुद बनाउन दुवै पक्षले छलफललाई निरन्तरता दिने भएका छन् ।
नेपाल स्थित रसियन दूतावास तथा केल्मियाको युवा मामिलासम्बन्धी एजेन्सीको अगुवाइमा भएको अनलाइन वार्तामा दुई राष्ट्रका युवाबीच परम्परा, संस्कार संस्कृति आदानप्रदान गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

यो छलफलले दुई क्षेत्रका युवालाई जोड्ने काम गरेको छ । साथै शिक्षा र विज्ञान तथा नवपर्वतन, मानवीय सीप विकास, खेलकुद, संस्कृति अनि बुद्धिजमका विषयमा ज्ञान आदानप्रदान गर्ने बाटो खुला भएको छ ।छलफलपछि यो दुवै पक्षले यो सुरुवात भएको र यसलाई निरन्तरता दिने समझदारी भएको छ ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij