तेल अभिभ : उत्तरी गाजाको समुद्र तट क्याफेमा भएको आक्रमणमा हमासका नौसेना कमान्डरको मृत्यु भएको बताइएको छ । यस आक्रमणमा धेरै नागरिकहरू पनि मारिएका खबर आएको छ । गाजाको अल–बाका क्याफेमा उक्त आक्रमण भएको थियो ।
आक्रमणमा नौ सेनाका कमान्डर रमजी रमजान अब्द अली सालेह साथै हमासको मोर्टार युनिटका उपप्रमुख हिशाम अयमान अतिया मन्सूर र निसिम मुहम्मद सुलेमान अबु सबाहाको मृत्यु भएको इजरायल रक्षा बल (आईडीएफ) ले आइतबार भनेको छ ।
सालेह हमासको समुद्री आक्रमण योजना बनाउन र कार्यान्वयन गर्न संलग्न रहेको आईडीएफको भनाइ छ । आक्रमणको समयमा हमासका एक जना वरिष्ठ कमान्डर क्याफेमा रहेको हल्ला सुनिएको गाजास्थित स्रोतहरूले बीबीसीलाई बताएका छन् ।बीबीसीले क्याफे आक्रमणमा मारिएका २९ जनाको नाम पुष्टि गरेको छ, जसमध्ये कम्तीमा नौ जना महिला र बालबालिका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij