Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरिकाको टेक्ससमा भीषण बाढी : २४ जनाको मृत्यु, २५ बालबालिका सम्पर्कविहीन

अमेरिकाको टेक्ससमा भीषण बाढी : २४ जनाको मृत्यु, २५ बालबालिका सम्पर्कविहीन

एजेन्सी : अमेरिकाको टेक्सस राज्यमा आएको भीषण बाढीबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।केर काउन्टीमा आएको बाढीका कारण २५ भन्दा बढी बालबालिका सम्पर्कविहीन रहेका छन् । मृतकको संख्या अझ बढ्नसक्ने काउन्टीका प्रहरी अधिकारी लेरी एल. लाइथाले बताइन् ।

यसैबीच, कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले केर काउन्टीस्थित क्याम्प मिस्टिक नामक बालिका शिविरमा २३ देखि २५ बालिका सम्पर्कविहीन रहेको बताएका छन् ।अहिलेसम्म २३७ जनाको उद्धार गरिसकिएको समाचारमा उल्लेख छ । धेरै स्थानमा आकस्मिक बाढीको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट