Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हिमाचल प्रदेशमा भारी वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु

हिमाचल प्रदेशमा भारी वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । त्यहाँको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले बीबीसीलाई बताएअनुसार अहिलेसम्म ३७ जना बेपत्ता भएका छन् ।

‘हिमाचल प्रदेशमा जुन १९ मा मनसुन आइपुगेको थियो । त्यसपछि लगातार पानी परिरहेको छ । धेरै ठाउँमा बादल फाटेर निकै धेरै क्षति भएको छ’ राणाले भने । मनसुनमा सडक दुर्घटनाका कारण २६ जनाको मृत्यु भएको पनि राणाले बताए ।

एक अनुमानअनुसार हिमाचल प्रदेशमा ५०० करोड रुपैयाँभन्दा बढीको सम्पत्तिमा क्षति पुगेको उनको भनाइ छ । वर्षाका कारण मन्डी जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । यस जिल्लामा २० जनाको मृत्यु भएको छ र ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको खबर छ ।

हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ । यसैबिच भारत मौसम विज्ञान विभागले जुलाई ७ सम्मका लागि अलर्ट जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट