एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजावासीका लागि सुरक्षा चाहेको बताएका छन् ।उनले अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेट्दै युद्धविरामका लागि दबाब दिने बताएका हुन् ।हमासले अमेरिकी प्रस्तावित नयाँ युद्धविराम योजनाले युद्धको अन्त्य सुनिश्चित गर्ने ग्यारेन्टी खोजिरहेको खबरमा उल्लेख छ ।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीवार मात्रै इजरायली आक्रमणमा गाजामा कम्तिमा एक सय जनाको ज्यान गएको छ ।अहिलेसम्म इजरायलको आक्रमणबाट झन्डै ६० हजार जनाको ज्यान गइसकेको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij