Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चार महिनामा साढे ५ सय भारतीय तीर्थयात्रीले गरे मानसरोवर दर्शन

चार महिनामा साढे ५ सय भारतीय तीर्थयात्रीले गरे मानसरोवर दर्शन

हुम्ला : चार महिनाको अवधिमा ५४६ जना भारतीय तीर्थयात्रीहरूले मानसरोवर कैलाश दर्शन गरेका छन्। कोरोना महामारीले बन्द भएको हुम्लाको हिल्ला नाका ५ वर्षदेखि बन्द हुँदा भारतीय तीर्थयात्री आउजाउ बन्द थियो।  चीनले हिल्सानाका खोलेपछि सिमिकाेट विमानस्थल स्थल हुँदै  हिल्सानाकाबाट २४८ महिला र २९८ पुरुष गरी ५४६ जनाले भारतीय तीर्थयात्रीहरूले  मानसरोवर कैलाश दर्शन गरेका हुन। ०८१ साल चैत ४ बाट सिमिकाेट विमानस्थल हुदेैँ भारतीय तीर्थयात्री भित्रिन सुरु भएको सिमिकाेट सुरक्षा गार्ड प्रहरीले जनाएको छ।

हालसम्म ५४६ जना भारतीय तीर्थयात्री हुम्ला हुँदै चीनको मानसरोवर कैलाश दर्शन गर्न सङ्ख्या पुगेको सिमिकाेट सुरक्षा गार्ड प्रहरीचाैकी इन्चार्ज गणेश बहादुर डाँगीले जानकारी दिनुभयो।

हेलिकप्टरबाट २८९ जना र अन्य गाडीबाट हिल्ला नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न सङ्ख्या रहेकाे डाँगीले बताउनुभयो। तेस्रो मुलुकबाट १०३ जना सिमिकाेट विमानस्थल हुँदै भित्रिएकाे इन्चार्ज डाँगीकाे भनाई छ।

दैनिक ,सीता, समिट,तारा एयरलाइन्सबाट नेपालगन्जबाट भारतीय तीर्थयात्री  हुम्ला आउन थालेका छन्।   सिमिकाेट विमानस्थलबाट हिल्सासम्म कैलाश ,माउन्टेन , प्रभु एयरलाइन्सका हेलिकप्टरले भारतीय तीर्थयात्री ओसारपसार गर्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट