Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बुढ्यौली रोक्ने औषधि सेवनकै कारण शेफालीको मृत्यु भएको हो ?

बुढ्यौली रोक्ने औषधि सेवनकै कारण शेफालीको मृत्यु भएको हो ?

नयाँ दिल्ली : अभिनेत्री तथा मोडेल शेफाली जरीवालाको शुक्रबार ४२ वर्षको उमेरमा निधन भयो । मुम्बईको कूपर अस्पतालका डाक्टरहरूले शवको जाँच गरेका थिए । अहिलेसम्म रिपोर्ट सार्वजनिक गरिएको छैन । जरीवालाको मृत्युको प्रारम्भिक रिपोर्टहरूमा हृदयघातलाई मुख्य कारण भनिएको थियो ।

वरिष्ठ प्रहरी अधिकारीहरूका अनुसार शेफालीको आकस्मिक मृत्युको अनुसन्धानमा केही महत्त्वपूर्ण कुराहरू प्रकाशमा आएको छ । शेफालीले धेरै वर्षदेखि एन्टी–एजिङ अर्थात् बुढ्यौली रोक्ने औषधि सेवन गरिरहेको भनिएको छ ।

जुन २७ मा उनको घरमा पूजा थियो । शेफाली दिनभर व्रत बसेकी थिइन् । तर सो दिनको दिउँसो अभिनेत्रीले सुईमार्फत एन्टी–एजिङ औषधि लगाएको बताइएको छ । उनले लगभग ८ वर्षदेखि यस्ता सुई र औषधिहरूको प्रयोग गरिरहेको भनिएको छ । प्रहरी अधिकारीहरूले व्रतको समयमा लगाइएको सुईले हृदयघात भएको हुन सक्ने आशंका गरेका छन् । यद्यपि पोस्टमार्टम रिपोर्टले मृत्युको वास्तविक कारणबारे थप छर्लङ्ग पार्नेसमेत भनिएको छ ।

त्यसो भए के बुढ्यौलीको औषधिकै कारण अभिनेत्रीको निधन भएको हो ? यस्ता औषधिहरू घातक हुन्छन् ?

के हो एन्टी–एजिङ औषधि ? तिनीहरूले कसरी काम गर्छन् ?

एन्टी–एजिङ ट्रीटमेन्टको मुख्य लक्ष्य छालामा देखिने बुढ्यौलीका संकेतहरू जस्तै चाउरीपना, छाला खुकुलो हुने र उमेरसँगै देखापर्ने दागहरूलाई कम गर्नु वा ढिलाइ गर्नु हो । जवान देखिन चाहनेहरूमाझ यसको प्रयोग निकै बढेको छ । यसले हाम्रो शरीरमा कोलाजेन उत्पादन बढाउन बढाएर अनुहारको मांसपेशीलाई कसिलो बनाउँछ वा फिलरहरूले छालालाई जवान राख्न मद्दत गर्छ । तर यी उपचार विधिहरूले शरीरको प्राकृतिक हार्माेनल चक्रलाई असर गर्न सक्छ, जसले शरीरमा धेरै नकारात्मक प्रभाव पार्न सक्छ ।

मेडिकल रिपोर्टहरूका अनुसार एन्टी–एजिङ औषधिमा सामान्यतया रेटिनोल र पेप्टाइड्स जस्ता सक्रिय यौगिकहरू हुन्छन् । यसले चाउरीपना कम गर्ने र छालाको बनावट सुधार गर्ने आदि काम गर्छन् । तर, रेटिनोलले सुख्खापन, रातोपन, र घामप्रति बढ्दो संवेदनशीलता सहितका साइड इफेक्टहरू निम्त्याउन सक्ने केही अध्ययनमा पाइएको छ । यसबाहेक केही अन्य यौगिकहरूले शरीरको हार्माेन चक्रलाई बाधा पुर्‍याउन सक्छन् । यसले स्वास्थ्यमा धेरै गम्भीर र दीर्घकालीन प्रभाव पार्न सक्छ ।

के भन्छन् स्वास्थ्य विज्ञहरू ?

एन्टी–एजिङ उत्पादनहरू सधैं प्राकृतिक स्रोतहरूबाट लिनुपर्छ भनेर स्वास्थ्य विज्ञहरूले लामो समयदेखि भन्दै आएका छन् । औषधि र सुईजस्तै यसको पनि धेरै साइड इफेक्ट हुन सक्छन् । एन्टी–एजिङ सामग्रीहरूले मुटुमा साइड इफेक्ट गर्ने घटनाहरू दुर्लभ भए पनि यो सामान्यतया नदेखिने विज्ञहरू भन्छन् ।

तर हार्माेनल थेरापी लिइरहेकालाई भने यसको साइड इफेक्टले मुटुको स्वास्थ्यमा असर गर्ने बताइन्छ । कतिपय अवस्थामा, एन्टी–एजिङ औषधिहरूले शरीरको प्राकृतिक प्रणालीलाई असर गर्न सक्छ । जसले गर्दा छाला जवान रहन्छ तर अंगहरू बुढो हुने क्रम रोकिन्न। यस्तो अवस्थामा शरीरका अन्य समस्याहरूलाई बेवास्ता गरियो भने यसको साइड इफेक्ट पक्कै देखिन्छ ।

(अस्वीकरणः यो लेख मेडिकल रिपोर्टहरूबाट सङ्कलन गरिएको जानकारीको आधारमा तयार पारिएको हो ।)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट