Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चीनले हटायो जापानी सिफुडमाथिको प्रतिबन्ध

चीनले हटायो जापानी सिफुडमाथिको प्रतिबन्ध

बेइजिङ : चीनले जापानी सिफुडमाथिको करिब दुई वर्ष लामो प्रतिबन्ध हटाएको छ । जापानले फुकुसिमा आणविक प्लान्टबाट हल्का रेडियोधर्मी पानी समुद्रमा छोड्ने योजना कार्यान्वयन गर्न थालेपछि २०२३ मा यो प्रतिबन्ध लगाइएको थियो । तर, अब चीनले जापानका अधिकांश भागहरूबाट समुद्री खानाको आयात पुनः सुरु गर्ने घोषणा गरेको छ ।

२०११ को विनाशकारी सुनामीमा फुकुसिमा आणविक प्लान्टमा गम्भीर क्षति पुगेको थियो । आज पनि, इन्धन चिसो पार्न प्लान्टमा पानी निरन्तर पम्प गरिन्छ । यो पानीलाई पछि ट्याङ्कीमा जम्मा गरेर राखिएको थियो । यो पानीको व्यवस्थापनबारे वर्षाैंसम्मको बहसपछि जापान सरकारले यो पानीलाई प्रशोधन गरेर बिस्तारै समुद्रमा छोड्न अनुमति दिएको थियो ।

उक्त पानी अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डभन्दा सुरक्षित रहेको र यसले वातावरणमा कुनै गम्भीर प्रभाव नपार्ने जापानको तर्क थियो । तर चीन यो कुरामा सहमत थिएन । चीनले अगस्ट २०२३ मा जापानबाट आउने सिफुडमा प्रतिबन्ध लगाएको थियो । चीन जापानी समुद्री खानाको लागि सबैभन्दा ठुलो विदेशी बजार थियो । जापानबाट बाहिरिने सिफुडमध्ये करिब २० चीन जान्थ्यो । यो जापानको माछा मार्ने उद्योगको लागि ठुलो धक्का थियो ।

चीनले अब प्रतिबन्ध खुकुलो पारे पनि फुकुशिमा लगायत जापानका १० प्रान्तबाट आउने समुद्री खानामा प्रतिबन्ध अझै जारी छ । चिनियाँ भन्सार निकायले जापानी कम्पनीहरूले पुनः दर्ता गर्नुपर्ने र सबै आयातित खाद्य वस्तुहरूसँग रेडियोधर्मी पत्ता लगाउने प्रमाणपत्र, स्वास्थ्य प्रमाणपत्र र उत्पत्तिको देशको प्रमाणपत्र प्रदान गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट