बैंकक : थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्राको विरोधमा हजारौँ मानिसहरू बैंककको सडकमा उत्रिएर उनको राजीनामाको माग गरेका छन्। सिनावात्रा र कम्बोडियाका पूर्व नेता हुन सेन बिचको फोन वार्ता लिक भएपछि प्रधानमन्त्रीविरुद्ध विरोध प्रदर्शन भएको हो।
हालै दुई देशबिचको सीमामा भएको घटनाको बारेमा गरिएको उक्त फोनवार्तामा सिनावात्राले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै विवाद सम्हालिरहेका थाई सैन्य कमाण्डर ‘केवल राम्रो देखिन चाहेको र कुनै उद्देश्य पूरा नगर्ने बयान दिएको’ बताएकी थिइन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij