Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु

काठमाडौँ : सेन्ट्रल अफ्रिकन रिपब्लिकको बाङ्गुईमा एक विद्युत् ट्रान्सफर्मर विस्फोटपछि बिहीबार भएको भागदौडमा परेर २९ बालबालिकाको मृत्यु भएको छ।बाङ्गुई सामुदायिक अस्पतालका एबेल अस्सेले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोटको आवाज र धुवाँको कारण स्नातक परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित भए। त्यसपछि भागदौड मच्चिँदा दर्जनौं बालबालिका दबिएर ज्यान गुमाए।

घटनामा २८० भन्दा बढी बालबालिका घाइते भएका छन्। राष्ट्रपति फस्टिन-अर्चेञ्ज टौडेराले यस घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेका छन्। साथै, घाइते बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गर्ने बताएका छन्।यो घटना राजधानीका पाँच विद्यालयका विद्यार्थीहरू लिसी बार्थेलेमी बोगांडा स्कुलमा स्नातक परीक्षा दिन जम्मा भएको समयमा भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट