Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

न्यूयोर्कमा १०० डिग्री फरेनहाइट पुग्यो तापक्रम, पूर्वी अमेरिकामा गर्मीको लहर

न्यूयोर्कमा १०० डिग्री फरेनहाइट पुग्यो तापक्रम, पूर्वी अमेरिकामा गर्मीको लहर

वासिङ्टन डीसी : प्रचण्ड गर्मीका कारण पूर्वी अमेरिकामा हाहाकार मच्चिएको छ । गर्मीकै कारण स्थानीय समयअनुसार मङ्गलवार न्यूयोर्क सहरको तापक्रमले तीन अङ्कको कीर्तिमान छोयो । अनुसार न्यूयोर्कको केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यान्ह १०० डिग्री फरेनहाइट (लगभग ३८ डिग्री सेल्सियस) तापक्रम पुग्यो । यस्तो भएको यो २०१३ यता पहिलो पटक हो ।

अमेरिकाका फिलाडेल्फिया, बाल्टिमोर र बोष्टनमा पनि तापक्रम तीन अंक छोयो । हावामा आद्रताका कारण पूर्वका क्षेत्रहरूमा गर्मी बढी महसुस भएको भनिएको छ । सोमबार पनि अमेरिकाका लगभग ४० सहरहरूमा तापक्रम कीर्तिमानी स्तरमा पुगेको थियो ।

मौसम सेवाले मङ्गलवार दर्जनौँ सहरहरूमा गर्मीको उच्च रेकर्ड हुने भविष्यवाणी गरेको थियो । मौसम सेवाका अनुसार मङ्गलवार सबैभन्दा तातो दिन हुनेछ । धेरै गर्मीकै कारण सयौँ मानिस बिरामी परेर अस्पताल पुगेका छन् । एमट्र्याक रेल सञ्चालनमा ढिलाइ भयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट