वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्वका लागि विशेष दूत स्टिभ विटकफले इरानको आणविक आधारहरूमा अमेरिकी आक्रमणबारे चुहावट भएको रिपोर्टमा प्रतिक्रिया दिएका छन् । उनले चुहावट भएको गुप्तचर आकलनलाई देशद्रोह भनेका छन् ।
‘यो अपमानजनक छ, यो देश द्रोह हो र यसको अनुसन्धान गरिनुपर्छ । यसको लागि जिम्मेवार जो कोही पनि जबाफदेही हुनुपर्छ ।’ स्टिभ विटकफले भने । पेन्टागनको प्रारम्भिक गुप्तचर आकलन रिपोर्टअनुसार इरानको आणविक कार्यक्रम आणविक गढहरू अमेरिकी आक्रमणबाट नष्ट भएको छैन, तर आक्रमणले यसलाई केही महिना मात्र ढिलाइ गरेको छ ।’
‘स्टिभ विटकफ भन्छन् हामीले फोर्डाे बेसमा १२ वटा बङ्कर बस्टर बम खसाल्यौँ । यसमा कुनै शङ्का छैन कि बमहरू यसको सुरक्षा तहमा प्रवेश गरे र यसमा पनि कुनै शङ्का छैन कि बेस पूर्ण रूपमा ध्वस्त भयो । त्यसैले हामीले हाम्रो उद्देश्य पूरा गर्न सकेनौँ भन्ने रिपोर्टहरू पूर्णतया निराधार छन् ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij