Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इजरायलबाट छुट्टीमा गएका विदेशी कामदारको भिसा थप

इजरायलबाट छुट्टीमा गएका विदेशी कामदारको भिसा थप

तेलअविव : इजरायलबाट छुट्टीमा गएका विदेशी कामदारको फर्कने भिसाको म्याद थप गरिएको छ। इजरायल सरकारले सूचना जारी गर्दै इजरायल–इरान युद्ध र त्यससँग सम्बन्धित सुरक्षा अवस्थाका कारण उत्पन्न विशेष परिस्थितिलाई मध्यनजर गरेर छुट्टीमा गएका विदेशी कामदारको फर्कने भिसाको म्याद थप गरिएको जनाएको हो।

फर्कने भिसा वैध रहेका विदेशी केयरगिभरको उडान रद्द वा ढिलाइका कारण इजरायल फर्कन नसकेकाको भिसाको म्याद ३१ जुलाई २०२५ सम्मका लागि विस्तार गरिएको छ। यसका लागि पुनः आवेदन दिनु नपर्ने इजरायल सरकारले जनाएको छ। सरकारको निर्णयले इजरायलबाहिर रहेका नेपालीसहितका अन्य विदेशी कामदारलाई राहत मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट