काठमाडौँ : बेलायती प्रधानमन्त्री किएर स्टार्मरले इरानको आणविक स्थलमा अमेरिकी आक्रमणप्रति प्रतिक्रिया दिएका छन् ।
‘इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय सुरक्षाको लागि गम्भीर खतरा हो । इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन अनुमति दिन सकिँदैन र यो खतरा कम गर्न अमेरिकाले यो कदम चालेको छ,’ प्रधानमन्त्री किएर स्टार्मरले भने ।
मध्य पूर्वको अवस्था अझै धेरै संवेदनशील भएको र त्यस क्षेत्रमा स्थिरता कायम राख्नु प्राथमिकताको विषय भएको पनि उनले बताए । स्टार्मरले इरानलाई आणविक सम्झौतामा फेरि वार्ता सुरु गर्न आग्रह गरेका छन् । इरानले सङ्कट अन्त्य गर्न कूटनीतिक समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij