काठमाडौं : इजरेयल र इरानबीचको युद्धमा अमेरिका पनि संलग्न भएको छ । अमेरिकाले इरानको फोर्दो लगायत तीनवटा पारमाणविक केन्द्रमा सफल बम आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् जानकारी दिनुभएको हो ।ती दुई देशबीच युद्ध शुरु भएको दुई हप्ता नपुग्दै अमेरिकाले इजलरेयललाई सहयोग पुग्ने र इरानका सामरिक स्थलहरू नष्ट गर्ने गरी आक्रमण शुरु गरेको हो ।
इरानले शुक्रबार आफूले तेहरानमा आम्रकण ३ सैन्य कमाण्डर मारेको र तिनमा हमाससँग सम्पर्कमा रहेका सैन्य अधिकृत पनि मारिएको जनाएको छ । अमेरिकाले भने राजधानी तेहरानबाट ९६ किलोमिटर टाढा रहेका आणविक केन्द्रहरूमा आक्रमण गरेको बताएको छ ।इरानमा बम प्रहार गर्न अमेरिकाले बी-२ बम वर्षक विमानहरूको सैन्य अखडा प्रसान्त महासागरस्थित टापु गुआममा स्थापना गरेको छ ।
बी-२ विमानबाट एक पटकमा दुई वटा बम लगेर खसाल्ने क्षमता राख्छ । ती बम वर्षकहरू इरानका युरेनियम केन्द्रहरूमा बम बर्साएर गुआम अखडामा फर्किने व्यवस्था मिलाएको समाचारमा उल्लेख छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij