ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ जना यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन् ।गभर्नर जोर्गिन्हो मेलोले भन्नुभयो, “बेलुन दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।”
ब्राजिलको टेलिभिजनमा प्रसारण गरिएका भिडियोमा समुद्रतटीय शहर प्रैया ग्रान्डेमाथि बेलुनमा आगो लागेपछि जमिनमा खसिरहेको क्षण देखाइएको छ । बेलुन आकाशमा रहेका समय मौसम राम्रो थियो ।
करिब दुई दर्जन यात्रु बोकेको बेलुन दर्जनौं मिटर माथि आकाशबाट जमिनमा बजारिन पुगेको थियो ।एटलान्टिक तटमा रहेको प्रैया ग्रान्डे ब्राजिलको हट एअर बेलु्नको सहायतामा आकाशमा साहसिक यात्रा गर्नका लागि एक लोकप्रिय गन्तव्य हो ।केही दिनमै देशमा भएको यो दोस्रो घातक बेलुन दुर्घटना हो । एक साताअघि दक्षिणपूर्वी साओ पाउलो राज्यमा बेलुन सवारीका क्रममा एक महिलाको मृत्यु भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij