तेहरान : इरान र इजरायलबिचको चर्किँदो तनावका बिच सयौँ अमेरिकी नागरिकले इरान छाडेको अमेरिकी विदेश मन्त्रालयको एक आन्तरिक रिपोर्टले खुलासा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित सैनिक कारबाहीबारे विचार गरिरहँदा शुक्रबार जारी गरिएको स्थिति रिपोर्टले इरानमा रहेका अमेरिकी नागरिकहरू जोखिममा रहेको सङ्केत गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विदेशमा रहेका आफ्ना नागरिकलाई अनिवार्य रूपमा दर्ता गर्न बाध्य नपार्ने हुँदा इरानमा कति अमेरिकी नागरिक छन् भन्ने स्पष्ट आँकडा छैन । इजरायलमा अमेरिकी नागरिकका लागि उद्धार तथा बाहिर जान यातायातको वैकल्पिक व्यवस्था गरिए पनि इरानमा भने त्यस्तो कुनै विकल्प उपलब्ध छैन। अमेरिका इरानमा कूटनीतिक उपस्थिति नरहेको अवस्थामा त्यहाँबाट आफ्ना नागरिकलाई उद्धार गर्न सजिलो छैन।
विदेश मन्त्रालयकी प्रवक्ता ट्याम्मी ब्रुसले शुक्रबारको पत्रकार सम्मेलनमा भनिन्, ‘इरानबाट अमेरिकी सरकारको प्रत्यक्ष सहयोगमा उद्धार सेवा उपलब्ध गराउने हाम्रो तत्काल योजना छैन।’ रिपोर्टमा केही अमेरिकी नागरिकहरू इरानबाट निस्कन सङ्घर्षरत रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थाले इरानमा रहेका अमेरिकीहरू थप सङ्कटमा पर्न सक्ने चिन्ता बढाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij