Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कोलम्बिया विश्वविद्यालयका विद्यार्थी तीन महिनापछि रिहा

कोलम्बिया विश्वविद्यालयका विद्यार्थी तीन महिनापछि रिहा

वासिङ्टन डिसी : कोलम्बिया विश्वविद्यालयका विद्यार्थी तथा अभियन्ता महमूद खलील तीन महिनाभन्दा बढी समय हिरासतमा बसेपछि जमानतमा रिहा भएका छन्। आफ्नो रिहाइपछि उनले ट्रम्प प्रशासनले विद्यार्थी प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्दा ‘गलत व्यक्तिलाई निशाना बनाएको’ बताए।

शुक्रबार, एक सङ्घीय न्यायाधीशले खलीलले भाग्ने प्रयास नगर्ने र आफ्नो समुदायलाई कुनै खतरा नबनाउने फैसला सुनाउँदै उनलाई हिरासतबाट रिहा गर्न सकिने बताएका थिए। यद्यपि, उनी विरुद्ध अध्यागमन कारबाही अझै जारी छ।

गत वर्ष कोलम्बिया विश्वविद्यालयमा प्यालेस्टिनीहरूको समर्थनमा भएको विरोध प्रदर्शनमा महमूद खलील एक प्रमुख अनुहार थिए। ८ मार्चमा खलीललाई पक्राउ गरिएपछि उनको समर्थनमा न्यूयोर्क र वासिङ्टन डीसीमा विरोध प्रदर्शनहरू भएका थिए।

यता अमेरिकी प्रशासनले खलीलको सक्रियता अमेरिकाको विदेश नीति विरुद्ध भएको र त्यसैले उनलाई देशबाट निष्कासन गर्ने प्रक्रिया सुरु गरिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट