भरतपुर : स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरले आफ्नो १३औं दीक्षान्त समारोह यसै चैत २४ गते आइतबार, सिएमटी होटेल, हाकिमचोकमा विशेष कार्यक्रमसहित मनाउने तयारी गरिरहेको छ। वि।सं। २०६५ सालमा पोखरामा स्थापना भएको यस प्रतिष्ठित संस्थाको भरतपुर शाखा २०६७ सालदेखि संचालनमा रहेको छ। हाल यस संस्थाले भरतपुर(११, थानी चोकमा एभरेस्ट प्रिस्कुल र बास्तोलाथर, पोखरामा प्राग्मा मन्टेश्वरी समेत सञ्चालन गरिरहेको छ।
विशेष आकर्षणहरू दीक्षान्त समारोहको प्रमुख आकर्षणका रूपमा सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर, वरिष्ठ लोक तथा दोहोरी गायिका राधिका हमाल तथा लोकप्रिय सञ्चारकर्मी एवं सुमधुर स्वरकी धनी महिमा पण्डित भट्टराई रहनेछन्।
नायिका करिश्मा मानन्धर एक असल आमा हुनुका साथै शिक्षाको महत्त्व बुझी ४४ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भई हाल स्नातक अध्ययन गर्दै हुनुहुन्छ। उहाँ नानीबाबुका लागि शिक्षाको महत्त्वको प्रेरणादायी पात्र बन्न सक्नुहुन्छ।
हाल यू।के।जी। कक्षामा अध्ययनरत ५७ जना विद्यार्थीहरू दीक्षित भई उच्च शिक्षाका लागि अन्य विद्यालय जानेछन् भने नर्सरी कक्षाका ७० जना विद्यार्थीहरू दिक्षित भई एल।के।जी।मा जानेछन्। त्यस्तै, एल।के।जी।का ६५ जना विद्यार्थीहरू दिक्षित भई यू।के।जी। कक्षामा जानेछन्।
विशेष कार्यक्रम तथा झाँकी प्रदर्शन समारोहको प्रारम्भ स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुर(११, मालपोत चोकबाट भव्य र्यालीको साथमा गरिनेछ। पञ्चेबाजा सहितको र्यालीमा करिश्मा मानन्धरलाई घोडाको बग्गीमा तथा यू।के।जी। कक्षा ग्राजुएट हुने विद्यार्थीहरूलाई बिशेश जीपमा राखी सीएमटी होटलसम्म लगिनेछ।
स्टार्स मोंटेश्वरीले प्रत्येक वर्ष भव्य कार्यक्रम गर्दै आएको छ। यसअघि महा नायक राजेश हमाल, वरिष्ठ कलाकार बसुन्धरा भुषाल, सन्तोष पन्त, वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा, समाजसेवी गिभिना मगर लगायतका चर्चित व्यक्तित्वहरूलाई आमन्त्रण गरिसकेको छ।
स्टार्स मन्टेश्वरीले चलेको प्रवृत्ति भन्दा केही भिन्न कार्यक्रम ल्याउने सोच बनाएको छ, विशेषगरी नानीबाबुहरूको खुसीका लागि। यो जानकारी स्टार्स मन्टेश्वरीका प्रबन्ध निर्देशक श्री गणेश राना मगरले दिनुभएको छ।
मनोरञ्जनात्मक प्रस्तुति दीक्षान्त समारोहलाई थप मनोरञ्जनात्मक बनाउन यू।के।जी। कक्षाका विद्यार्थीहरूद्वारा आकर्षक नृत्य, तेक्वान्दो तथा सङ्गीतिक प्रस्तुति गरिनेछ। साथै, लोकप्रिय गायिका राधिका हमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
गुणस्तरीय शिक्षाको उत्कृष्ट नमूना स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुर उच्चस्तरीय शिक्षा, अनुशासन, नृत्य, संगीत र तेक्वान्दो लगायतका सर्वाङ्गिण प्रतिभा विकासका कार्यक्रमहरू प्रदान गर्ने एक अग्रणी संस्था हो। मन्टेश्वरी शिक्षा महँगो हुन्छ भन्ने सोचाइलाई चिर्दै, एकदमै न्यूनतम शुल्कमा पनि गुणस्तरीय मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको यस विद्यालयलाई सर्वसुलभ शुल्कमा उत्कृष्ट शिक्षा दिने सर्वश्रेष्ठ मन्टेश्वरी विद्यालयका रूपमा हेरिन्छ।
स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुरका प्रबन्ध निर्देशक श्री गणेश रानाका अनुसार, “हाम्रो विद्यालयले धेरै न्यून शुल्कमा नै विद्यार्थीहरूको खुसीका लागि भव्य दीक्षान्त समारोह आयोजना गर्दै आएको छ। हाम्रा सबै विद्यार्थीहरू प्रतिभाशाली छन्, जसले शिक्षासँगै संगीत, नृत्य र तेक्वान्दोमा पनि उत्कृष्टता हासिल गरिरहेका छन्।”
जग बलियो भए घर बलियो हुन्छ भन्ने भनाइझैँ, सानैदेखि नानीबाबुलाई राम्रो जग बनाएर उच्च शिक्षाको आधार तयार पार्न सकिन्छ। मन्टेश्वरी शिक्षाले बालबालिकालाई प्रारम्भिक चरणमै राम्रो शिक्षा र व्यवहारिक ज्ञान दिएर भविष्यका लागि सक्षम बनाउने कार्य गर्दछ।यस भव्य समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको व्यापक सहभागिता रहनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij