भरतपुर : भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटाएर शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन् ।विद्यार्थीहरुले राप्ती नगरपालिका ७ स्थित दिव्यज्योति आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका हुन् ।
इन्टरयाक्ट क्लब र इको क्लब अफ ग्रीनल्याण्डका विद्यार्थीहरुले २० हजार रुपैँया बराबरको कापी, कलम, फुटबल, क्रिकेट ब्याट, बल, लुडोलगायतका सामग्री सहयोग गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए ।ग्रीनल्याण्डका विद्यार्थीहरुले यस अघि पनि विभिन्न विद्यालयमा यसरी नै सहयोग गरेका थिए ।
कार्यक्रमका राप्ती नगरपालिका ७ का वडाध्यक्ष सुमित डल्लाकोटी, ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्की, दिव्यज्योतिका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर पुन, प्राचार्य कल्पना पौडेल, इन्टरयाक्ट क्लब र इको क्लब अफ ग्रीनल्याण्डका अध्यक्षद्धय विदुषी कार्की र मनिषा थापालगायतको उपस्थिति रहेको थियो । उक्त विद्यालयमा एक सय १० जना विद्यार्थी अध्ययनरत छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij