Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

जो एमाले कार्यकर्ताबाट कुटिए, उसैसँग सरकारले माग्यो स्पष्टीकरण

जो एमाले कार्यकर्ताबाट कुटिए, उसैसँग सरकारले माग्यो स्पष्टीकरण

चितवन : सरकारले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ ।कार्यालयको डिजिटल सूचना बोर्डमा ‘केपी चोर देश छोड’ लेखिएको डिस्प्ले भएको थियो । वितरण केन्द्रले भने प्रणाली ह्याक गरी अनधिकृत रुपमा प्रधानमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरिएको भन्दै विज्ञप्तिमार्फत छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले प्रधानमन्त्रीविरुद्ध अमर्यादित व्यवहार भएको भन्दै श्रेष्ठसँग स्पष्टीकरण सोधेका हुन् । प्रजिअ पौडेल आफैं प्राधिकरण वितरण केन्द्रमा पुगेका थिए ।

उनले २४ घण्टाभित्र घटना विवरणसहित स्पष्टीकरण दिन श्रेष्ठलाई भनेका छन । ‘सरकारी कार्यालयको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध अमर्यादित सूचना जारी हुनु आपत्तिजनक छ’, उनले भने, ‘२४ घण्टाभित्र घटनाको यथार्था विवरणसहित प्रष्टीकरण बुझाउन भनेको छु ।’

यस्तै प्रजिअ पौडेलले एमाले युवासंघ कार्यकर्ताले प्राधिकरणको वितरण केन्द्रमा लगाएको ताला फुटाइदिएका छन् ।आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्रीविरुद्ध सूचना बोर्डमा अपशब्द लेखिएको भन्दै युवा संघ कार्यकर्ताले वितरण केन्द्र प्रमुख श्रेष्ठमाथि कुटपिटसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट