रत्ननगर : रत्ननगरका एकल महिलालाई कानुनी सचेतना र साइबर अपराध सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगर स्तरिय एकल महिला समन्वय समिति को आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा सोमबार एकल महिलाहरुका लागि कानुनी सचेतना, सकारात्मक सोच र साइबर अपराध सम्बन्धी १ दिने अभिमूखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नगर स्तरिय एकल महिला समन्वय समिति सचिव तथा योग प्रशिक्षक गीता अधिकारीले सकारात्मक सोच, ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायक निरिक्षक गोविन्द परियारले साइबर अपराध र नेपाल बार एशोसियसन चितवन अध्यक्ष तथा वरिष्ठ महिला अधिकारकर्मी अधिबक्ता फुलमाया रानाभाटले कानुनी सम्बन्धित प्रशिक्षण दिएका थिए ।
महिला समन्वय समितिकी संयोजक गीता देवकोटाको सभाध्यक्षमा भएको कार्यक्रममा सामाजिक बिकास समिति संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईं ,महिला बिकास अधिकृत दीपा घिमिरे, नगर स्तरिय लक्षित महिला व्यवस्थापन समिति सदस्य नीता ढकाल, मेलमिलाप रत्ननगरकी कोषाध्यक्ष अनिता अर्याल,कार्यपालिका सदस्य चन्द्रकला पनेरु, जनप्रतिनिधी रमा भट्टराई, शारदा न्यौपाने लगायतको आतिथ्य रहेको थियो । कार्यक्रम नगर स्तरिय एकल महिला समन्वय समिति कोषाध्यक्ष एलिना पराजुलीले संचालन गरेकी थिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij