Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा दलितको भूमि अधिकार र भूमि आयोगको भूमिका विषयमा अन्तरसंवाद

चितवनमा दलितको भूमि अधिकार र भूमि आयोगको भूमिका विषयमा अन्तरसंवाद

चितवन : ६० औं अन्तर्राष्ट्रिय विभेद उन्मुलन दिवसको सन्दर्भमा दलितको भूमि अधिकार र राष्ट्रिय भूमि आयोगको भूमिका विषयक अन्तर संवाद कार्यक्रम चितवनमा सम्पन्न भएको छ । नेपाल उत्पीडित जातिय मुक्ति समाज चितवनको आयोजनामा नेकपा एमाले पार्टी कार्यालय चितवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मुख्य वक्ता राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष इमान सिंह लामा प्रस्तुती दिएका थिए । उनले संविधानले नै दलितको भूमि अधिकार सुनिश्चित गरेकाले भूमिहिन दलित सुकुम्बासी भनेर छुट्याएरै आयोगले काम गरिरहेको बताए । उनले भूमिहिन दलितहरु जहाँ बसेको छन् त्यहाँको वार्ड, पालिका हुँदै आयोगसम्म कागजात आइपुगेपछि त्यसलाई छानबिन गरी जग्गा उपलब्ध गराइने बताए । उनले भूमिहिन दलितसँगै सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई पनि जग्गा उपलब्ध गराउने गरी आयोगले कामलाई तीव्रता दिइरहेको बताए ।

मुक्ति समाज चितवनका अध्यक्ष मिन बहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु कृष्णभक्त पोखरेल, शिव कुमारी गोतामे, केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरि सापकोटा, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्यहरु श्यामलाल विक, सुनिता अधिकारी, मुक्ति समाज केन्द्रीय स्थायी कमिटी सदस्य गोपाल परियार, कृष्ण नेपाली, भूवन प्यासी, विजय विक, टोकलाल विक, मुक्ति समाजका प्रदेश, जिल्ला एवम् स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।कार्यक्रममा मुक्ति समाज चितवनका इन्चार्ज श्याम लाल विकले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट