चितवन : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन नै गलत उद्देश्यबाट भएको जिकिर गरेका छन् ।माडीको बरुवा बजारमा सम्पन्न जागरण सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले भ्रष्टाचार बिरोधी र सामाजिक न्यायका विभिन्न काम गर्दैगर्दा देशका दलाल पुँजीपति, नोकरशाही प्रतिक्रियावादी र रातारात करोडौं र अरबौं खान पल्केका बिचौलियाहरुले सदनमा भएको संख्याको बलको कारण सरकार बाहिर जान बाध्य पारेको आरोप लगाएका हुन् ।
आफू नेतृत्वको सरकारले मिटरब्याज पिडितलाई न्याय, नागरिकताको समस्या समाधान, सामाजिक सुरक्षा कोष स्थापना, आर्थिक संकटबाट नेपाललाई मुक्त गर्न राहत दिलाउने लगायतको काम गरेको, भारत, चीन र राष्ट्रसंघसंग राम्रो सम्बन्ध कायम गरेको उनको दावी थियो ।
अब आफ्नै वर्गको बलमा सरकारबिरुद्ध र धमिलो पानीमा माछा मार्न खोजेका राजावादीहरुका बिरुद्ध संघर्ष गर्ने भन्दै उनले चैत १५ गते काठमाडौंमा हुने बिरोध सभामा सहभागी हुन सबैमा अनुरोध समेत गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij