Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

चितवन : खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।

छावाको नामकरण बाह्रौँ दिनमा गरिने जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती रहेको बताए । हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरू भाले हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट