चितवन : चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजन कार्कीको पहलमा भरतपुर-१० बालमन्दिर, चितवनमा रहेको पुष्पाञ्जली हस्पिटलसँग चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा छुटका लागि आज सम्झौता भएको हो ।पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर-१०को तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक सुजन राज अधिकारी र चितवन जिल्ला खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष श्री राजन कार्कीले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

एक वर्षको करार अवधि राखिएको सम्झौता अनुसार पुष्पाञ्जली हस्पिटल प्रा.लि. मा स्वास्थ्य परीक्षण तथा उपचार गर्दा हस्पिटलबाट प्रवाह हुने सेवामा खेलाडीहरुलाई २०% सम्म छुट सुविधा दिनेछ भने खेलाडीको परिवारको उपचारमा खेलाडीले पाउने सुबीधाको ५०% छूट दिईनेछ ।
बेडचार्ज, ल्याब टेस्ट (यहाहुने), ई.सी.जी, इको, भिडिओ एक्सरे, एक्सरे, लगायतमा २०%; अप्रेशन, सिटीस्क्यान र क्याबीनमा १०% छूट दिइने छ भने औषधीमा ७% प्रतिशत सम्म छूट दिइने छ ।छुट सेवामा सहजीकरण गर्न संस्थाका सदस्यहरुको रेकर्ड सामाजिक इकाईमा दर्ता गरिने र छुट सेवा लिन आउदा जी.खे.बि.स.को परिचय पत्र अथवा अन्य आधिकारीक पत्र अनिवार्य लिई आउनुपर्ने छ सम्झौतामा उल्लेख छ ।त्यस्तै पुष्पाञ्जली हस्पिटल र जिल्ला खेलकुद विकास समिति चितवनका बिच हरेक ६ / ६ महिनामा सदस्य थपघट सेवा सुविधाको समिक्षा लगायत विषयमा बैठक बस्नेछ र जिल्ला खेलकुद विकास समिति चितवनले स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा सचेतना कार्यक्रम वा अन्य केहि माग गरेमा हस्पिटलले उक्त कार्यक्रम संचालन गर्ने उल्लेख छ ।
उक्त कार्यक्रममा डा. भोजराज अधिकारी, जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकाल, जिल्ला खेलकुद विकास समितिमा आबद्ध खेल संघहरूका अध्यक्ष तथा प्रतिनिधिहरू, अस्पतालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।उक्त सम्झौता अनुसार चितवन जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, कार्यसमिति, कर्मचारी, खेलाडीहरु र खेलडिका परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षण तथा उपचारमा छुट पाउनेछन् ।
सम्झौताको पुरा विवरणः
