चितवन : नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको आज बिहान निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।
पत्रकार बानियाँको पार्थिव शरिर केहि बेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लैजाने तयारी गरिएको उनका जेठाजु श्याम सिलवालले जानकारी दिए ।बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो ।
दुई वर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो ।बानियाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij