चितवनको भरतपुर- ३ लायन्सचोक स्थित के.एल मलको तेस्रो तल्लामा संचालनमा रहेको बेस्ट वान एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लि अबैध रुपमा संचालन भएको पाइएको छ । बेस्ट वान कन्सल्टेन्सीले सामाजिक बिकास मन्त्रालय बागमती प्रदेशको शैक्षिक परामर्श महाशाखाबाट संचालनको अनुमति नलिई अबैध रुपमा संचालन भैरहेको पाइएको हो ।
भरतपुर महानगरपालिकामा मात्र नभइ बेस्ट वान एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लि बाग्लुङका बिभिन्न स्थान र बेनीका बिभिन्न स्थानमा समेत अबैध रुपमा संचालनमा रहेको पाइएको छ । चितवनमा मुख्य कार्यालय भन्दै बाग्लुङ, बेनी लगायतका स्थानमा समेत साखा कार्यालय संचालन भैरहेको छ ।
भरतपुर महानगरपालिकाको मुख्य बजारमा बेस्ट वान एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लिले गैरकानुनीरुपमा कन्सल्टेन्सी देखि भाषा शिक्षा एवं मेनपावर सम्मको काम गर्ने गरेको छ । बेस्ट वान एजुकेशनले विद्यार्थीबाट बिभिन्न शिर्षकमा चर्को शुल्क उठाइरहेको छ । उक्त कन्सल्टेन्सीले भिसा ग्यारेन्टी भन्दै भ्रामक प्रचार गरी बिद्यार्थीबाट चर्को शुल्क असुल्दै आएको छ।
कन्सल्टेन्सी संचालन गर्न सामाजिक बिकास मन्त्रालयको शैक्षिक परामर्श महाशाखाबाट अनुमति लिनु पर्नेमा उक्त कन्सल्टेन्सीले अनुमतिनै नलिई विभिन्न भाषा शिक्षा तथा परामर्श सहित भिसा प्रक्रियाको काम गरिरहेको छ । कन्सल्टेन्सीले अधिकार प्राप्त परामर्शदाता समेत नराखी संचालन मापदण्ड विपरित पुर्व तयारी कक्षा संचालनदेखि भाषा शिक्षा, भिसा प्रक्रिया सम्मको काम गर्दै आएको पाइएको हो । जुन कानुन विपरित रहेको छ ।
बेस्ट वान एजुकेशनका संचालक सरोज गौतमले आफुले अनुमति नलिएको र प्रक्रियामा रहेको जनाएका छन । अनुमति बेगर बेस्ट वान एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लिले सयौ विद्यार्थीको भबिस्यमाथि खेलवाड गर्दै आएको छ । कन्सल्टेन्सीले हालसम्म अनुमति प्राप्त नगरेको र दक्ष प्रशिक्षक बिनानै कक्षा संचालन गरिरहेको छ ।
अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, जापान, साउथ कोरिया,न्युजिल्यान्ड, फ्रान्स लगायतका भाषा शिक्षा तथा भिसा प्रक्रियाको काम कन्सल्टेन्सीले अबैध रुपमा गर्ने गरेको छ । अबैध रुपमा संचालन भएको कन्सल्टेन्सीबाट भाषा शिक्षा पुर्व तयारी कक्षा र भिसा प्रक्रिया समेतका काम नगर्न, नगराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पटकपटक विज्ञप्ति मार्फत सचेत गराउदै आएको छ, तर बेस्ट वान कन्सल्टेन्सीले अबैधरुपमा यस्ता काम गरिरहेको छ ।
कुनैपनि कन्सल्टेन्सीमा परामर्शदाताका लागी टिआईटिआई तालिम लिएका व्यक्तिले परामर्शको काम गर्न पाउने सरकारी मापदण्ड छ, तर यस कन्सल्टेन्सीको मुख्य कार्यालयदेखि कुनैपनि साखामा त्यस्ता परामर्शदाता छैनन् । अदक्ष परामर्शदाताबाट नै विभिन्न आधा दर्जन बढी देशका लागि यस कन्सल्टेन्सीले परामर्शलगायतको काम गरिरहेको छ ।
अबैध रुपमा संचालित उक्त कन्सल्टेन्सीलाई सामाजिक बिकास मन्त्रालयले नियमन गर्न नसक्नुले अबैध संस्था संचालकलाई सामाजिक बिकास मन्त्रालयको शैक्षिक् परामर्श महाशाखाले नै साथ दिएको जस्तो देखिन्छ । राज्यबाट अनुमति लिनु पर्ने प्राबधान भए पनि बेस्ट वान एजुकेशनले कुनै पनि अनुमति नलिई संचालन गरिरहदा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अनुगमन र करबाहीको कुनैपनि प्रक्रिया गर्ने गरेको छैन ।
बेस्ट वान एजुकेशनले बेनी, गल्कोट, वुर्तिबांङलगायतका स्थानमा संचालनमा रहेका साखा कार्यालय समेत बिना अनुमति संचालित छन् । कन्सल्टेन्सीका संचालक गौतमले आफुले संचालन गरेको कन्सल्टेन्सीमा दक्ष प्रशिक्षक नरहेको कारण अनुमति लिन नसकिएको स्वीकार गरेका छन् । संचालकलेनै आफ्नो कन्सल्टेन्सीमा दक्ष प्रशिक्षक नभएको बताउँदै गर्दा बेस्ट वान एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लिले भ्रामक प्रचार गरेर विद्यार्थीलाई प्रलोभनमा पार्ने काम त गरेको छ नै, गैरकानुनीरुपमा सस्था संचालन गरी विद्यार्थीसंग मोटो रकम असुलिरहेको छ ।
तरपनि सम्बन्धित कुनै निकायले पनि अनुगमन गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । अबैध रुपमा कन्सल्टेन्सी संचालन गर्दा समेत सामाजिक बिकास मन्त्रालय मातहतमा रहेको शैक्षिक् परामर्श महाशाखामा कार्यरत कर्मचारीले अनुगमन तथा नियमनको काम नगर्नुले अबैध संस्था संचालकहरुको प्रभावमा परेको आरोप लाग्दै आएको छ ।
गैरकानुनी रुपमा विभिन्न देशको भाषा शिक्षा र मेनपावरको काम गर्ने यस कन्सल्टेन्सीमा अध्यापन गराउने शिक्षक र काउन्सीलर (परामर्शदाता) समेत सम्बन्धित निकायबाट तालिम प्राप्त नभएको र सम्बन्धित शैक्षिक प्रमाणपत्र नभएको व्यक्तिले विद्यार्थीलाई भ्रममा पार्दा हजारौं विद्यार्थीको भविस्य अन्योलमा पर्ने देखिन्छ । राज्यले यस्ता अबैध रुपमा संचालनमा रहेका संस्थालाई बेलैमा नियमन गर्न जरुरी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij