Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

फागु पर्वलाई सभ्य बनाउन प्रशासनको आग्रह

फागु पर्वलाई सभ्य बनाउन प्रशासनको आग्रह

भरतपुर : जिल्ला प्रशासन कार्यालय चितवनले फागु पर्वलाई सभ्य बनाउन जिल्लावासीलाई आग्रह गरेको छ । फागु खेल्ने बहानामा कसैको इच्छाविपरीतका गतिविधि नगर्न पनि प्रशासनले भनेको छ ।

चितवन जिल्ला सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय नगरीको पहिचान बोकेको जिल्ला भएको हुँदा फागु मनाउँदा आआफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरी सभ्य, भव्य र सुसंस्कृत तरिकाले फागु मनाउन जिल्लावासीमा अनुरोध छ’, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भने ।

केमिकलसहितको रङ्ग लगाउने, पानी तथा हिलो छ्याप्ने, प्लास्टिकजन्य लोला हान्ने, बाटोमा हिँड्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गर्ने/गराउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सार्वजनिक स्थानहरुमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउनेजस्ता क्रियाकलापका लागि प्रशासनले निषेध गरेको छ ।प्रशासनले निषेध गरेविपरीतका गतिविधि गरेमा कानुनअनुसार कारबाही गरिनेसमेत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट