Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनका लागि चितवनमा दियो उम्मेदवारी

अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनका लागि चितवनमा दियो उम्मेदवारी

चितवन : आसन्न स्ववियु निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले चितवनका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ । चैत ५ गते मतदान हुन गइरहेको स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको थियो ।

अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनका अध्यक्ष सुसन चितवनेले १२ वटा कलेजमा अध्यक्षसहित सबै पदमा र अरुणोदय कलेज गीतानगरमा भने नेवि संघसहितको प्यानल बनाएर उम्मेदवारी दर्ता गरेको जानकारी दिए । ‘बालकुमारी कलेजबाहेक सबै क्याम्पसमा मनोनयन दर्ता गरेका छौँ’ अध्यक्ष सुसनले भने, ‘भोलिसम्म उम्मेदवारी फिर्ता लिने समय छ । जनआदर्श बहुमुखी क्याम्पसमा अखिल पक्षधर एक भएर जाने छलफल भइरहेको छ ।’

अखिल (क्रान्तिकारी) ले अध्यक्षसहित सबै पदमा एक्लै उम्मेदवारी दिएका क्याम्पसहरुमा सप्तगण्डकी बहुमुखी क्याम्पस (अध्यक्ष पदमा विकास ढकाल), वीरेन्द्र बहुमुखी क्याम्पस (अध्यक्ष पदमा सुजल खनाल), रामपुर खैरहनी क्याम्पस (अध्यक्ष पदमा सन्तोष रौताला जोशी), सहिद स्मृति क्याम्पस (अध्यक्ष पदमा सन्दर्भ खनाल), मैयाँदेवी कन्या कलेज (अध्यक्ष पदमा भीमादेवी पौडेल) रहेका छन् ।

यसैगरी, अखिल क्रान्तिकारीले मनोनयन दर्ता गराएका अन्य क्याम्पसमा हरिकुमार स्मृति कलेज (अध्यक्ष पदमा प्रवेश न्यौपाने), माडी बहुमुखी क्याम्पस (अध्यक्ष पदमा रवि भुर्तेल), उमावडी शेरचन क्याम्पस (अध्यक्ष पदमा प्रमोद कुँवर) र अमर जनशक्ति बहुमुखी क्याम्पस (अध्यक्ष पदमा सचिन विक) रहेका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट