Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले रत्ननगरको अध्यक्षमा इश्वरी प्रसाद अर्याल

एमाले रत्ननगरको अध्यक्षमा इश्वरी प्रसाद अर्याल

चितवन : नेकपा (एमाले) रत्ननगर कमिटीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन भएका छन् । नेकपा एमाले रत्ननगर नगर कमिटीको दशौं नगर अधिवेशनले सर्वसम्मतबाट अर्यालको नेतृत्वमा ६५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा आशिक तामाङ, सचिवमा सागर मिश्र, उपसचिवहरुमा बालकृष्ण भट्टराई ‘राजु’ र सविता चौधरी चयन भएका एमाले प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । त्यसैगरी लेखा समिति अध्यक्षमा अमित कुमार गुप्ता चयन भएका छन् ।

प्रभा बरालको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले नयाँ कमिटी सर्वसम्मतबाट बनाएको हो । कमिटीलाई आज नेकपा एमाले पार्टी कार्यालय चितवनमा शपथ ग्रहण गराइएको छ ।

शपथ ग्रहण कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञावाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया, यम बहादुर परियार, एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे लामा, एमाले चितवनका निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम विष्ट, नेताहरु टिका पौडेल, मुकुन्द दवाडी, श्यामलाल विक, विमला दवाडी, अस्मिन घिमिरे, मिन बहादुर परियार, प्रताव डल्लाकोटी, गोपी नेपाल, सुरज थपलिया, झलक भट्ट, एमाले चितवका कार्यालय सचिव रामचन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो । शपथ ग्रहण कार्यक्रमलाई अध्यक्ष मण्डलका सदस्य प्रकाश खनाल ‘सैलेश’ ले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट