चितवन : रोटरी क्लब चितवनको आयोजनामा रोटरी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर आइतबार ‘विद्यार्थीहरुमा सामाजिक सञ्जालको प्रभाव’ बिषयक गोष्ठी सम्पन्न गरिएको छ ।बालकुमारी मा.बि. नारायणगढमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रोटरी डिस्ट्र्यिक ३२९२ का पुर्ब गभर्नर रबिन्द्र पियाले रोटरीले अन्तर्राष्ट्रिय रुपमा चार सुत्रको कसीलाइ आधार मानेर सबैले व्यबहार गर्ने हो भने सबै समस्याहरु समाधान हुने जनाउनु भयो ।
गोष्ठीका स्रोत ब्यक्ति वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले सामाजिक सन्जालका राम्रा पक्ष र नराम्रा पक्षहरुबारे प्रष्ट पार्दै अत्यधिक प्रयोगले मानसिक स्वास्थमा असर गर्ने र ब्यक्तिगत एबम सामाजिक रुपमा समेत पीडित हुने अबस्था आउन सक्छ भन्दै अभिभावक समेत सचेत हुँदै व्यबहार परिवर्तन गर्नु पर्ने सल्लाह दिनुभयो ।
अर्का स्रोत ब्यक्ति जिल्ला प्रहरी कार्यलयका महिला बालबालिका एबम साइबर सिक्युरिटी हेर्ने प्रहरी निरीक्षक निलम तामाङले चितवनमा देखियेका साइबर सम्बन्धि उजुरी र कामकारबाहीहरुबारे विभिन्न घटनाहरुबारे बताउनु भयो ।
तामाङले धेरै घटनाहरु यौन उत्पीडन, आर्थिक प्रलोभन, चिट्ठा परेको प्रलोभनमा पारेर हुने ठगी, पासवर्ड र कोडहरु अनाअधिकृत रूपमा दिने गर्नाले साइबर अपराध बढेको बताउनु भयो। सुरक्षित ढंगले बिना लोभ सामजिक सन्जाल मा आएका कुराहरुलाइ २ पटक निस्चित गरेर अघि बढन र समस्या परिहाले समयमै प्रहरी को सहयोग लिन अनुरोध गर्नुभयो ।
वरिष्ठ अधिबक्ता गोपिलाल देवकोटाले कानुनी बेबस्था साइबर अपराध कसरी हुन्छ भन्ने बताउदै कसैले लेखेको गलत कुरालाइ मन परयो भन्दैमा हल्का ढंगले लाइक सेयर गरियो भने पनि अपराधको भागिदार हुनु पर्छ भन्दै सचेत हुन अनुरोध गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष, रोटरी क्लब चितवनका अध्यक्ष भानु शर्माले रोटरी दिवसको उपलक्ष्यमा आयोजित गोष्ठीले युबा विद्यार्थीहरु सामाजिक सन्जालका नकारात्मक पक्षहरुबारे सचेत बनाउदै जीवन उपयोगी र सामाजिक उतरदायित्व सहितको सामाजिक सन्जालमा रमाउन यो कार्यक्रम सफल हुने बिश्वास ब्यक्त गर्नुभयो।
शर्माले सन् १९०५ मा अमेरिकाको सिकागोबाट सुरु भयेको रोटरी अभियानका सम्क्षिप्त जानकारी दिदै यो जागरण अभियान सुरुवात गरेको जानकारी गराउनु भयो । कार्यक्रममा करिब १०० जना विद्यार्थीहरुको उपस्थिती थियो । कार्यक्रमको सन्चालन सचिब पुरुश्वोत्तम रिजालले गरेका थिए । कार्यक्रममा डिजिटल इम्पाउरर्मेन्ट सोसाइटीले प्राबिधिक सहयोग गरेको थियो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij