चितवन : चितवनको शिव प्रसाद पौडेल मेमोरियल ट्रस्टको आयोजनामा दोस्रो अन्तर-कलेज फुटसल प्रतियोगिता २०८१ हुने भएको छ। Mentor Education Australia को सहकार्यमा आयोजना हुन लागेको यो प्रतियोगिता फागुन १६ र १७ गते भरतपुर-७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको फुटसल मैदानमा सञ्चालन गरिनेछ।कार्यक्रम संयोजक एन्जिल जङ्ग कुँवरका अनुसार, प्रतियोगितामा सहभागी हुन टिमहरूले रु ३५०० शुल्क तिर्नुपर्नेछ भने अन्तिम दर्ता मिति फागुन १३ तोकिएको छ। प्रतियोगितामा विजेता टिमलाई नगद रु ५१ हजार ५ सय ५५, ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमलाई रु २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल, र प्रमाणपत्र दिइनेछ।यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक (कीपर) , र सर्वाधिक गोलकर्ता लाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताका सह-प्रायोजक Minnano Education Center Pvt. Ltd. (Japan) रहेका छन् ।
आयोजक ट्रस्टका अनुसार, प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीले अनिवार्य रूपमा आफ्नो परिचयपत्र, IEMIS नम्बर, फोटो, र विद्यालयको पत्र पेश गर्नुपर्नेछ। खेलमा अधिकतम कक्षा १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।खेलको सहयोगी संस्थाहरुमा रत्ननगर नगरपालिका , भरतपुर महानगरपालिका वडा नं १० , ओम कन्सट्रक्सन, काठमाडौ बेकरी, द GMI साउथ कोरिया गोल्डेन इमिनेट , HIGH FIVE र CATCHY TOURISTS & TRAVELS रहेका छन ।चितवनमा विद्यार्थीहरूबीच फुटसल खेलप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij