Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनको मुद्रण संघमा उत्तम अर्याल निर्विरोध

चितवनको मुद्रण संघमा उत्तम अर्याल निर्विरोध

चितवन : मुद्रण व्यवसायीहरुको छाता संगठन मुद्रण संघ–चितवनको अध्यक्षमा उत्तम अर्याल निर्विरोध चयन भएका छ्न । शनिबार सम्पन्न २३औं साधारण सभा तथा १५औं अधिवेशनले अर्यालसहित एघार सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा राजाराम त्रिपाठी, सचिवमा खुशीराम घिमिरे, कोषाध्यक्षमा सरोजबाबु घिमिरे, सहसचिवमा सुजन अर्याल, सह–कोषाध्यक्षमा डिलाराम ढकाल निवाचित भएका हुन् ।यस्तैगरी सदस्यहरुमा भविश्वर पाण्डे, महेन्द्र अधिकारी, सुलभ पौडेल, आकाश श्रेष्ठ, पशुपति त्रिपाठीलाई चयन गरिएको छ ।

मुद्रण संघ–चितवनको दुई वर्षे कार्यकालको लागि कार्यसमिति गरिएको हो भने नवनिर्वाचित अध्यक्ष अर्यालले मुद्रण व्यवसायीको हक हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रम मुद्रण संघ–चितवनका अध्यक्ष सन्दिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट