रत्ननगर : रत्ननगर–९ वडा कार्यालयले क्षयरोगका बिरामी, गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पोषण सामग्री वितरण गरेको छ ।रत्ननगर–९ का वडाध्यक्ष अनन्तप्रसाद अधिकारीले ३४ जनालाई पोषण सामग्री वितरण गरेका हुन् । वडाका ६ जना क्षयरोगका बिरामी र २८ जना गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पोषणमा केही सहज होस् भनेर सहयोग गरिएको उनले बताए ।
वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले सहजीकरण गरेको कार्यक्रममा जनही ३४ जनालाई एक बोरा दिलदार चामल, एक क्रेट अन्डा, दुई किलो दाल, दुई केजी चना, दुई लिटर तोरीको तेल, हर्लिक्स, मसला, मन्जन, ब्रस, डिटोल साबुन र नुन वितरण गरिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सबिता चौधरी, वडासदस्य कमानसिंह चौधरी, लेखबहादुर लामा, सुष्मा खड्काथोकी, राजकुमार ढुङ्गानालगायतको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij