Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाई चितवनमा ज्ञापनपत्र बुझायो

नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाई चितवनमा ज्ञापनपत्र बुझायो

भरतपुर : नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा सम्पुर्ण शिक्षक तथा विद्यालय कर्मचारीको अनुकुल शिक्षा ऐन जारी गर्न दवाव स्वरुप ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी चितवनमा पनि नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिष्णु प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझायो ।

नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति सचिव केशब रेग्मी, महासंघकै राष्ट्रिय समिति सदस्य अम्बर बहादुर थापा, शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष ज्योति नारायण ढकाल, एललतब केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष तोयनाथ पौडेल, नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव (अर्थ) प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी, सह अध्यक्ष राधा पोखरेल सहित पदाधिकारी तथा सदस्यहरु साथै नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहट्ठा ढकाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष मन्जु सिमखडा, सो संगठनका भरतपुर महानगरका अध्यक्ष अर्जुन प्रसाद भट्ट, अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हिरामणि चापागाईं, महासंघ चितवनका अर्थ सहसचिव गोविन्द न्यौपाने, भरतपुर महानगर महासंघका शिक्षक नेता रामेश्वर न्यौपाने लगायत चितवन जिल्ला स्थित आबद्ध, सम्बद्घ संस्थाका जिल्ला तथा पालिकाका अध्यक्ष प्रतिनिधिहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट