भरतपुर : जनयुद्ध दिवसको अबसर पारेर चितवनका द्वन्द्व प्रभावित परिवारलाई स्वास्थ्य सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।सहिद स्मृति प्रतिष्ठान नेपाल, चितवनको आयोजना र भरतपुर महानगरको साझेदारी सहयोगमा आयोजित उक्त कार्यक्रमको बागमती प्रदेशका सांसद इश्वर सावकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले द्वन्द्व प्रभावित परिवारले मुलुकको परिर्वतनको लागि गरेको योगदान सामान्य नरहेको भन्दै राज्य त्यसको मुल्याङकन गर्न नसकेको बताए ।
कार्यक्रममा फिजिसियन डा. भोजराजअधिकारी, क्यान्सर रोग बाल विशेषज्ञ डा. कृष्णसागर शर्मा, संस्थाकी अध्यक्ष संगिता भट्टराई लगायतले प्रशिक्षण स्वास्थ्य सचेतना र द्वन्द्व व्यावस्थापन वारे सहजीकरण गरेका थिए । संस्थाकी अध्यक्ष भट्टराईले जनयुद्ध दिवसको अबसर पारेर द्वन्द्व प्रभावित परिवारलाई स्वास्थ्य सजगता र द्वन्द्व व्यावस्थापन वारे प्रशिक्षण दिइएको बताइन् ।
कार्यक्रममा द्वन्द्व प्रभावित समुदायका महिला, पुरुष, घाइते पूर्व जनमुक्ति सेना, सहिद तथा वेपत्ता परिवार, जेलजीवन विताएका गरी १२० जनाको सहभागिता रहेको थियो । प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक जागेश्वर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रदेश सांसद कन्चन खनाल, चितवन हस्तकला संघकी अध्यक्ष बुद्धिमाया घले लगायतले मन्तव्य राखेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij